सानिमाको खुद नाफा ३० प्रतिशत बढ्दा सेयरधनी कोष ४ प्रतिशत बढ्यो

५ बर्ष अगाडि

सानिमाले यस वर्षको चैत मसान्तसम्म १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा आर्जन गरी आधारभूत र घुलित (डाइलुटेड) प्रतिसेयर आम्दानी २६ रुपैयाँ कायम गरेको छ । अघिल्लो वर्ष यही अवधिको तुलनामा यस वर्ष ३० प्रतिशतले खुद नाफा बढेको छ  । ७ अर्ब ७० करोड रुपैयाँ ब्याज आम्दानी र ४ अर्ब ७८ करोड रुपैयाँ ब्याज खर्चपछि २ अर्ब ९१ रुपैयाँ करोड खुद ब्याज आम्दानी गरेको छ । शुल्क र कमिसनबाट ५५ करोड रुपैयाँसमेत गरी ३ अर्ब ४७ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ  ।

कर्मचारी, सञ्चालन खर्च र अन्य व्यवस्थापछिको सञ्चालन आम्दानी २ अर्ब २४ करोड रुपैयाँ छ । 

बैंकले बाँड्न सक्ने खुद नाफा रकम १ अर्ब ११ रुपैयाँ रहेको प्रकाशित प्रतिवेदनमा उल्लेख छ । बैंकसँग स्वतन्त्र जगेडा रकम १ अर्ब १४ करोड रुपैयाँ र अन्य जगेडा (वैधानिक समायोजन लगायत) २ अर्ब ९ करोड रुपैयाँ छ । यो रकम भने बाँडफाँटका लागि योग्य हुन्न । सेयरधनीको कोषमा कुल ११ अर्ब २४ करोड ४९ लाख रुपैयाँ छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब, निक्षेप ८५ अर्ब रुपैयाँ र कर्जा लगानी करिब ८० अर्ब रुपैयाँ छ ।

पुँजीकोष अनुपात १३.३ प्रतिशत, खराब कर्जा ०.१३ प्रतिशत, कोषको लागत ७.२९ प्रतिशत, कर्जा निक्षेप अनुपात ७८ प्रतिशत, आधार दर ९.३१ प्रतिशत र ब्याज अन्तर ४.६४ प्रतिशत छ ।

केन्द्रीय बैंकको निर्देशनअनुसार ब्याज अन्तर यस त्रैमासिकसम्ममा ४.७५ प्रतिशत कायम गर्नुपर्ने छ । तर, सानिमाको ब्याज अन्तर तोकिएभन्दा तल रहेको देख्न सकिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया