महालेखा नियन्त्रक कार्यालयद्धारा तेस्रो र चौथो त्रैमासिक बजेट खर्च फुकुवा

३ हप्ता अगाडि

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गत सञ्चालित प्राथमिकता प्राप्त परियोजनाका लागि विनियोजन गरिएको बजेटको तेस्रो र चौथो त्रैमासिक खर्च फुकुवा भएको छ । 

महालेखा नियन्त्रक कार्यालयले ललितपुर, झापा, कञ्चनपुर, दाङ, सर्लाही, मोरङ र लैनचौर (काठमाडौँ) का लागि प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनातर्फ शीर्षकमा वैदेशिक स्रोत (एडीबी) शोधभर्ना हुने अनुदान तथा ऋणमा भएको विनियोजित खर्च फुकुवा गरेको हो । यस्तो बजेट खर्च मध्ये स्वीकृत कार्यक्रम र अख्तियारी र एलएमबी आईएस बमोजिम हुनेगरी तेस्रो र चौथो त्रैमासिक सम्मको निकासा गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । 
 

३ हप्ता अगाडि

प्रतिक्रिया