एक हप्तासम्म काठमाडौँको यि स्थानमा विद्युत् आपूर्ति बन्द हुने

३ हप्ता अगाडि

काठमाडौं- उपत्यकाका विभिन्न स्थानमा एक हप्तासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गरिने जनाएको हो ।

आज आइतबार साँखु फिडरअन्तर्गत साँखु बजारमा र चौमती फिडरअन्तर्गत छाउनी आर्मी अस्पताल क्षेत्रमा ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यसैगरी, सोमबार केएमसी र पुरानो एयरपोर्ट फिडरअन्तर्गत सुविधानगर, सिनामंगल र भिमसेनगोला क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । साथै, १६ गते कालीमाटी फिडरअन्तर्गत सोल्टी मोडदेखि कलंकी क्षेत्र, १७ गते रोपवे फिडर अन्तर्गत मैत्रोनगर र टेगलाफाँट क्षेत्र र १८ गते मूलपानी फिडरअन्तर्ग पर्ने फिकल चोकदेखि बाबा चोकसम्म बिजुली कटौती हुने छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया