नीति तथा कार्यक्रमले समृद्ध नेपाल निर्माणको राष्ट्रिय आंकाक्षा पूरा गर्नेछ: प्रधानमन्त्री

३ हप्ता अगाडि

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारको नीति तथा कार्यक्रमले देशमा संविधानले निर्दिष्ट गरेको समाजवादोन्मुख सामाजिक,आर्थिक रुपान्तरणका लागि राजनीतिक स्थायित्व,समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१\८१ को नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले  सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास,उद्यमशीलताको प्रवर्द्धन,पूर्वाधार विकास तथा रोजगारी सिर्जना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादनकत्वमा वृद्धिको मुख्य संवाहकका रुपमा विकास गर्न जोड दिएको बताए। सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि १६वटा बुँदामा संशोधन प्रस्ताव पेश गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले तीमध्ये कतिपय प्रस्ताव भाषिक परिमार्जन गरिनुपर्ने र केही थप संशोधन गर्नुपर्ने प्रकृतिको रहेको बताए। यसैगरी सांसद प्रेम सुवालले प्रस्तावित नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्तावमा ४८ वटा बुँदामा संशोधन प्रस्ताव राखेका थिए ।सभामुख देवराज घिमिरेले सांसद केसी र सुवालले प्रस्तावित नीति तथा कार्यक्रममाथिको संशोधन प्रस्ताव बहुमत अस्वीकृत भएको घोषणा गरेका थिए। प्रधानमन्त्री 'प्रचण्ड'ले नीति तथा कार्यक्रममा संशोधनमा आर्थिक समानता,सामाजिक न्याय,विकास निर्माण,राष्ट्रिय ,परराष्ट्र नीति,शिक्षा स्वास्थ्य,लगानी प्रवर्द्धनलगायतका सुझावहरूलाई गम्भीरतापूर्वक लिने बताए।
 

३ हप्ता अगाडि

प्रतिक्रिया