लुम्बिनी प्रदेश सरकारद्वारा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत

३ हप्ता अगाडि

काठमाडौं – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले बजेटको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश गरेका हुन् ।

सदनमा पेश गरेको बजेटको सिद्धान्त र प्राथमिकताको बारेमा दुई दिन सदनमा छलफल हुने बताइएको छ । सभामुख तुलाराम घर्ती मगरले जेठ १४ गते र १६ गते दुई दिन बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि समय निर्धारण गरेको जानकारी दिए ।

चैत मसान्तभित्र बजेटको सिद्धान्त र प्राथमिकता सदनमा पेश गर्ने घोषणा गरिएको थियो । तर सरकारले ढिलोगरी आइतबार सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेको हो । दिगो, फराकिलो एवं समावेशी आर्थिक बृद्धि हासिल गर्दै रोजगारी सिर्जना, संघीयताको सवलीकरण, सुशासन प्रबद्र्धन, सेवा प्रवाहमा सुधार, स्रोत साधनको परिचालनमा मितव्ययिता एवं प्रभावकारिता लगायतका विषयलाई बजेट तर्जुमाको प्रमुख आधारका रुपमा लिइएको आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले जानकारी दिए । 

३ हप्ता अगाडि

प्रतिक्रिया