काठमाडौं – सहकारी ठगी प्रकरणले तताएको सदन सेलाउने कुनै छाँट देखिएको छैन्। । छानबिन समितिको कार्यादेशको बारेमा उत्पन्न विवाद सुल्झाउन पटक पटक गरेको प्रयासहरु सफल हुन सकिरहेका छैनन् । भोली जेठ १५ गते संघीय संसदमा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था रहेको छ । तर आजसम्म सदन सुचारु गर्ने उपाय निक्लन सकेको छैन । संसदीय समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदलसहित शीर्ष नेताहरुको बैठक बिना निष्कर्ष सकिएको छ ।
बालुवाटार बैठकपछि सञ्चारकर्मीहरुसँग कांग्रेस सहमहामन्त्री जीवन परियारले सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफलमा कुरा नमिलेपछि टीओआरमा आज पनि सहमति जुट्न नसकेको जानकारी दिए ।
पार्टी पदाधिकारीसँग छलफल गरेर कांग्रेसले आधिकारिक धारणा ल्याउने उनको भनाई थियो । उनले भने, ‘टीओआरको विषयमा कुरा मिलेको छैन ।
उनले प्रधानमन्त्रीले समस्या समाधान गर्नको लागि पहल गरिरहेको भए पनि सत्तारुढ अन्य दलले भने यो समस्यालाई अल्झाइराख्न खोजेको आरोप लगाए ।
प्रतिक्रिया