विरोधकै बीच बजेट जति राम्रो ल्याए पनि राम्रो हुँदैन थियो: अर्थमन्त्री

विहीबार, १७ जेठ २०८१, १० : ५९

काठमाडौं- अर्थमन्त्री वर्षमान पुनले सदन अवरुद्ध हुँदा बजेट ल्याउनै गाह्रो भएको अवस्था रहेको बताएका छन् ।

आज काठमाडौं आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटमा समावेश भएका विषयहरूमा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले संसद् छल्न खोजेको आरोप लागे  पनि प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा संसद् खुलेर सदनबाटै बजेट ल्याउन पाएको बताए । उनले भने,'विरोधकै बीच बजेट जति राम्रो ल्याएका थियौँ भने पनि राम्रो हुँदैन थियो । तर अन्तिममा हामी राष्ट्रिय बजेटमा एकजुट भयौं ।  तथ्यमा आधारित बजेट ल्याएका छौं ।'

यसैगरी उनले वैदेशिक रोजगारीमा नेपालीहरु बाहिर जानु नराम्रो नभएको बताए । उनीहरुले सिकेको सीपलाई सदुपयोग गरी मुलुकलाई अगाडि बढाउनुपर्ने अर्थमन्त्री पुनको भनाइ थियो । छिमेकी देशहरु अगाडि बढेको बढ्यै भएर चुनौती थपिएकाले हामी पनि अगाडि बढ्नुपर्ने उनले बताए । 'जति पनि नेपालीहरु बाहिर जानुभएको छ । त्यसलाई नराम्रो मान्न हुँदैन । उनीहरुले सिकेको सीप नेपालमा सदुपयोग गर्नुपर्छ । छिमेकी देशहरु अगाडि बढेका बढ्यै छन् । यसले हामीलाइ चुनौती थपिएको छ । हामी पनि अगाडि बढ्नुपर्छ,' उनले भने ।

यस्तो छ उनले राखेको विचारको सम्पादित संक्षिप्त अंश

बजेट ल्याउनु अगाडि पनि हामीले बृहत छलफल गरेका थियौं । अर्थमन्त्री एक्लैले बजेट ल्याउने होइन । बजेट सरकारले प्रस्तुत गरे पनि यसबारे सबै मन्त्रालयको तयारी हुन्छ । त्यहीअनुसार पनि बजेट आएको छ । 

सरकारले संसद् छल्न खोज्यो भन्ने पनि आएको थियो । बजेट ल्याउन नै गार्‍हो थियो । प्रधानमन्त्रीको पहलले संसद् खुल्यो । संसद्‌मै बजेट ल्याउन पायौं । विरोधकै बीच बजेट जति राम्रो ल्याएका थियौँ भने पनि राम्रो हुँदैन थियो । तर अन्तिममा हामी राष्ट्रिय बजेटमा एकजुट भयौं ।  तथ्यमा आधारित बजेट ल्याएका छौं । 

हाम्रो आफ्नो उत्पादन उत्पादनलाई सुरक्षित राख्छौं । आफ्ना उद्योगहरुलाई संरक्षण गर्ने खालको निति ल्याएका छौं ।  एउटा घर चलाउनु जस्तै हो राष्ट्र चलाउनु पनि । यसबारे घरको आवश्यकता अनुसार नै गर्ने हो । अर्थमन्त्रीले चमत्कार गर्ने होइन । सबैले साझा तयारी गरेर नै अगाडि बढने हो । सोही अनुसार हामीले नीतिहरु ल्याएका छौं ।

हाम्रा खर्च क्षमताहरु कमजोर बन्दै गएको छ । यसमा हामीले ध्यान दिएका छौं । सबै खालका सोच अर्थतन्त्रमा आउनुपर्छ भनेर हामीलेले उच्चस्तरीय समिति बनाउने भनेका हौ । यस्तो गर्न सकिए जति मन्त्री फेरिए पनि फरक पर्दैन । यहाँ सबैको साझा सोच आउनेछ र त्यसबाट नयाँ चरनको रिफर्म हुनेछ। यसमा देशभरबाट सहभागिता हुनेछ । यसो गर्न सकिएमा अर्थतन्त्रको रूपान्तरण गर्न सम्भव छ । 

अब गुणस्तरीय पूर्वाधारमा ध्यान दिनुपर्छ । त्यही अनुसार हामी अगाडि बढेका छौं ।  जति पनि नेपालीहरु बाहिर जानुभएको छ । त्यसलाई नराम्रो मान्न हुदैन । उनीहरुले सिकेको सीप नेपालमा सदुपयोग गर्नुपर्छ । छिमेकी देशहरु अगाडि बढेका बढ्यै छन् । यसले हामीलाइ चुनौती थपिएको छ । हामी पनि अगाडि बढ्नुपर्छ ।

विहीबार, १७ जेठ २०८१, १० : ५९

प्रतिक्रिया