भारतीय प्रधानमन्त्री मोदीको सथपमा  गंगा दाहालसहित पाँच सदस्य टाेलि भारत भ्रमणमा जाने

२ हप्ता अगाडि

काठमाडाैं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा जाने भ्रमण टोलीको टुंगो लागेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री दाहालको भारत भ्रमणका लागि टोलीको टुंगो लगाएको हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री, कानून मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल,प्रधानमन्त्री स्वकीय सचिव गंगा दाहाल र परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु प्रसाद गौतम रहेका छन् । प्रधानमन्त्री  दाहाल आइतबार तेस्रो कार्यकालको लागि निर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन भारत जाँदैछन् । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री दाहाललाई शपथ ग्रहणमा सहभागी हुन आमत्रण गरेका  थिए ।

२ हप्ता अगाडि

प्रतिक्रिया