जसपा नेपालमा १८ वर्षदेखि उपेन्द्र यादव नै निर्विकल्प अध्यक्ष

बुधबार, ३० जेठ २०८१, १३ : ३०

काठमाडौं – १८ वर्ष अगाडि मधेशी जनअधिकार फोरम नेपाल नामको राजनीतिक दल खोलेर उपेन्द्र यादव राजनीतिको मूल धारमा आएका थिए । विभिन्न समूहसँग एकता गर्दै पार्टीको नाम फेर्दै आए पनि नेतृत्व फेरिएको छैन । अर्थात् उपेन्द्र यादव नै निर्विकल्प अध्यक्षको रुपमा रहँदै आएका छन् । यस पटक पनि महाधिवेशनमा उनलाई  चुनौति दिने कोही भएन  र पार्टी अध्यक्षमा उपेन्द्र यादव नै निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनअन्तर्गत आज भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदमा यादवको मात्र उम्मेदवारी परेको थियो ।

जसपा नेता मनिष सुमनले भने, ‘अध्यक्ष पदमा उपेन्द्र यादव जीको एकल उम्मेदवारी परेको छ । निर्विरोध भइसकेपनि औपचारिक घोषणा हुन बाँकी छ ।’
अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । अहिले अन्य उम्मेदवारको नामावली सार्वजनिक भइसकेको छैन ।

बुधबार, ३० जेठ २०८१, १३ : ३०

प्रतिक्रिया