काठमाडौं – नेपालको सबैभन्दा पुरानो राजमार्ग हो त्रिभुवन राजमार्ग । यसले नेपालको सिमावर्ति शहर वीरगंजलाई नौविसेसँग जोड्छ । कुनैबेला अति व्यस्त हुने यो सडक अहिले भने सुनसान छ । यो राजपथको निर्माण भारत सरकारको सहयोगमा सन् १९५६ मा सम्पन्न भएको थियो । सन् १९५९ मा नेपाल यातायात सेवाले यस राजपथमा बस सेवा सञ्चालनमा ल्याएको थियो । यो सडकलाई दाइरोडको नामले पनि चिनिन्छ । बाइरोडको बाटोमा धूलो उडाउँदै भन्ने लोकगितले यो सडकलाई आम नेपालीमाझ लोकप्रिय बनाएको थियो । तर अहिले भने यो सडकमा सवारी चाप निकै कम छ । यो सडकको सबैभन्दा उचाइेमा रहेको दामन चिसो हावापानी र तरकारी खेतीका लागि प्रख्यात छ । पहिले गुल्जार देखिने उक्त सडक छेउछाउका होटलहरु पनि खाली देखिन्छन् । सिम भन्ज्यांगका होटल व्यवसायी सुरज अधिकारी भन्छन्, बिदाको दिनमा त खाना पुर्याउन नै भ्याइनभ्याइ हुन्छ । अरुबेला त यस्तै सुनसान नै हुन्छ । बिदा मनाउन मात्र मानिसहरु यहाँ आउने गर्छन । यसो हुनुको पछाडि काठमाडौ प्रवेश गर्ने अन्य सडकहरु बन्नु हो, उनी भन्छन् । अर्का एक स्थानीयले भने, अब यो क्षेत्रलाइृ सरकारले पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्दछ । राज्यको यति ठूलो लगानी भएको सडकलाई उपलब्धीमूलक बनाउन सरकारले कुनै नयाँ परियोजना सुरु गरे हुन्थ्यो ।
प्रतिक्रिया