काठमाडौं – संसदमा नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीमाथि बजेटमा एकलौटी गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसहित विभिन्न मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा बोल्दै सांसद केसीले महिला मन्त्रीको गृहजिल्ला सुनसरीमा मात्र बजेट छुट्याइएको भन्दै असन्तुष्टि जनाए । 'महिला मन्त्रालयको बजेट सुनसरीमात्रै देखिएको छ । १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ । त्यसमा सबै सुनसरी सुनसरी मात्रै देख्छु', उनले भने ।
सांसद केसीले भने, विश्वभर महिलाले नेतृत्व गरेका निकायहरुमा समावेशी र राम्रा काम गरेको उदाहरण भएपनि नेपालमा भने त्यस्तो देखिएको छैन । महिला मन्त्रीले आफ्नो जिल्लालाई मात्रै योजनामा प्राथमिकता दिएकोप्रति उनको उक्त गुनासो आएको हो ।
विश्वमा महिलाले नेतृत्व गरेका निकायहरुमा समावेशी र राम्रा काम भएका छन्ु, उनले भने, ुतर नेपालमा महिलाले नेतृत्व गरेको मन्त्रालयमा राम्रो काम भएन । आफ्नो जिल्लालाई मात्रै प्राथमिकता दिने काम गर्नुभयो ।’
सामाजिक सुरक्षा भत्ताअन्तर्गत १ खर्ब १६ अर्बको बजेटलाई परिस्कृत गर्न आवश्यक रहेको सांसद केसीको सुझाव छ । असहाय, अशक्त, गरिबलाई मात्रै भत्ता दिने कार्यविधि बनाउन सके उक्त बजेट आधा घट्नसक्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।
सामाजिक सुरक्षा भत्ता असहाय र दुःखीलाई दिने हो, उमेर भएकालाई दिने होइन । तर काठमाडौंमा महिनाको १० लाख भाडा उठाउनेले पनि लिइरहेको छ, सांसद केसीले भने ।
प्रतिक्रिया