कस्तो रहला तपाईको दिन? आर्थिक कारोबार गर्दै हुनुहुन्छ हेर्नुस् आजको राशिफल

विहीबार, ३१ जेठ २०८१, ०७ : २७

काठमाडाैं - आज वि।सं।२०८१ साल जेठ महिनाको ३१ गते बिहीबार, ज्येष्ठ शुक्लपक्षको सप्तमी तिथि ।

मेष 
निर्माण ब्यवसाय, पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समयले साथ दिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृष 
नेतृत्वदायी क्षमतामा बृद्धि हुने छ । ब्यवस्थापकीय क्षमतामा तिब्रता देखा पर्ने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् । 

मिथुन 
साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति देखा पर्ने छ । अरुको विश्वास सहजै जित्न सकिने छ ।   शेयर बजारमा गुमाउनु पर्ने छ । 

कर्कट
रिस कडा हुने छ । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । शेयर बजारमा औसत खालको हुने छ । मनमा निरन्तर दुविधाले ग्रस्त बनाउने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । 

सिंह
कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । संयमित हुनु पर्ने समय छ । शेयर बजारबाट औसत लाभ मिल्ने छ । 

कन्या
मन दृढ हुने छ । भाग्यको बलियो छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने छ । आम्दानीमा बृद्धि हुने छ ।  शेयर बजारबाट फाइदा मिल्ने छ । 

तुला
मनोबलमा कमि आउने छ । शारीरिक कमजोरी बढ्ने छ जीवनसाथिको साथसहित काम गरेमा अनुकुल हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

वृश्चिक
मनोबल उच्च रहने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता देखा पर्ने छ ।  शेयर बजारमा सजग रहनु पर्ने देखिन्छ ।

धनु 
दृढ ब्यक्तित्व हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । अनुसन्धान  क्षेत्र, गुप्तचर क्षेत्रमा आवद्धहरुको हकमा भने फाइदा मिल्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मकर 
भाग्यको बलियो छ । कार्यसफलता मिल्ने छ ।साझेदारीका काममा साझेदारहरुका बीच द्वन्द चर्कन सक्ने र बादबिबाद हुने भएकाले धैर्यता र संयमताको खाँचो देखिन्छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कुम्भ 
जीवनसाथिको साथ लिएर अघि बढेमा मेहनत र पराक्रमीपनाले सार्थकता पाउने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । आम्दानीमा थोरैथोरै बृद्धि हुन जाने छ ।  

मीन
मिलनसार किसिमको ब्यक्तित्व हुने छ । शेयर बजार मध्यम खालको हुने छ । कार्यसफलता मिल्ने छ ।

विहीबार, ३१ जेठ २०८१, ०७ : २७

प्रतिक्रिया