काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको स्मृतिमा स्थापित प्रतिष्ठानले नेकपा माओवादी केन्द्र का पूर्व पोलिट्ब्युरो सदस्य एवम् पूर्व शिक्षामन्त्री डी.आर पौडेलको पाँचौ सम्झना दिवस समारोह आयोजना गरेको छ।
राजनीति र पत्रकारिताका एक सिद्धहस्त व्यक्तित्व पौडेलको पाँचवर्ष अगाडि ०७६ जेठ २९ गते आफ्नै निवास चितवन, माडीमा हृदयघातका कारण निधन भएको थियो। उनको सम्झना शुक्रबार १ बजे कान्तिपुर सिटी कलेज, पुतलीसडकमा कार्यक्रमको आयोजना हुन लागेको हो ।
कार्यक्रममा पौडेलको राजनीतिक जीवनी र त्यसबाट लिनुपर्ने शिक्षाबारे प्रमुख अतिथि, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मन्तब्य दिने दिने कार्यक्रम छ भने घनश्याम शर्मा पौडेल, हितमान शाक्य, डा।भीष्मराज अधिकारी र बद्री पाण्डेले पनि उनको सम्झनामा आफ्नो धारणा राख्ने छन् ।
प्रतिक्रिया