काठमाडौँ - ओखलढुङ्गाको मोलुङ गाउँपालिका- ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । वडाध्यक्ष कार्कीको बुधबार राति शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा ५१ वर्षको उमेरमा निधन भएको हो ।
पारिवारिक स्रोतका अनुसार घुँडामा क्यान्सर भएपछि वडा अध्यक्ष कार्कीको विगत तीन महिनादेखि अस्पतालमा उपचारत थिए । वडाध्यक्ष कार्कीको निधन मोलुङ गाउँपालिकाले पालिकाभर बिहीबार शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै वडाध्यक्ष कार्कीको निधनमा पालिकाका सरकारी कार्यालय र शिक्षण संस्थामा शोक बिदा हुने जनाएको छ ।
प्रतिक्रिया