काठमाडौँ - आईएमई ग्रुप अन्तर्गतको रारा होल्डिङ्सले अस्ट्रेलियन लगानी भित्र्याउने सन्दर्भमा विशेष पहल गर्ने भएको छ । गत वैशाख १६–१७ गते राजधानीमा सम्पन्न दोस्रो लगानी सम्मेलनको अवसरमा अस्ट्रेलियन बौद्धिक समूह (एनआरएनए) ले नेपालमा लगानी भित्र्याउन चाहेको बताउँदै लगानी प्रतिबद्धता गरेका थिए ।
आईएमई ग्रुप अन्तर्गतको रारा होल्डिङ्सँग साझेदारीमा जेभी अस्ट्रेलियाली कन्सोर्टियम विज्ञ के विक्रम शाहले १ अर्ब १० करोडको लगानी प्रतिबद्धता जनाएका थिए । मुगुको मुर्मा टप, रारामा सुविधा सम्पन्न रारा रिसोर्ट सञ्चालन गर्ने परियोजनासहित गैर नेपाली समूह एनआरएनए अस्ट्रेलियाले लगानी गर्ने जनाएको थियो । सोही परियोजनामा नेपालका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका रारा होल्डिङ्सका निर्देशक अभिषेक विक्रम शाहले उक्त लगानी छिटोभन्दा छिटो भित्र्याउन पहल गरिने जानकारी दिए ।
अस्ट्रेलियाले फेब्रुअरी २०२४ मा हस्ताक्षर गरेको ट्रेड एन्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एरेन्जमेन्ट (टीआईएफए) मार्फत व्यापार र लगानी बढाउन र नेपालमा थप लगानीका अवसरहरू पहिचान गर्न एनआरएनए समूह तयार रहेको बताउँदै निर्देशक शाहले नेपाल सरकारसँग उचित पहल गर्ने समझदारी भएको जानकारी दिए ।
प्रतिक्रिया