काठमाडौं - जिल्ला प्रहरी कार्यालय सिरहाभित्रै एक महिला प्रहरी जवान मृत भेटिएकी छन् ।
प्रहरी जवान करिष्मा सुनार मृत अवस्थामा भेटिएको मधेस प्रदेश प्रहरीका एसएसपी मनोज यादवले जानकारी दिए । सुनार कार्यालयकै महिला शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेकी हुन् । अहिले कार्यालयभित्र अन्यलाई प्रवेशमा रोक लगाइएको छ । मृत प्रहरी जवानका आफन्तलाई खबर गरिएको र उनका परिवार आएपछि शव निकाल्ने एसएसपीले जानकारी दिए ।
प्रतिक्रिया