काठमाडौँ - सिन्धुलीको सुनकोशी नदीमा एक जना पुरूष बेपत्ता भएका छन्। शुक्रबार राति करिब १० बजे गोलोन्जर गाउँपालिका- ७ खुर्कोट बजारबाट रामेछाप जाने सुनकोशी नदीमा एक जना पुरूष बेपत्ता भएका हुन्।
नदीको पुलमाथिबाट हामफालेको भन्ने खबर प्रहरीले पाएको थियो । प्रहरीले घटनास्थलबाट एउटा मोबाइल फेला पारेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बेपत्ता भएका पुरूष काठमाडौं महानगर- ६ बस्ने ५६ वर्षीय विष्णुप्रसाद संग्रौला रहेको खुलेको छ। इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खोजी जारी छ।
प्रतिक्रिया