काठमाडौं – गोरखा जेसीजले धेरै पटक रक्तदान गर्नेहरुलाई सम्मान गरेको छ । नियमित रक्तदान गर्नेहरु मध्येबाट गोरखामा धेरै पटक रक्तदान गर्ने ३ जना लाई विश्व रक्तदाता दिवसको अवसरमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि गोरखा नगरपालिकाका पूर्व नगरप्रमुख राजनराज पन्तले ४६ पटक रक्तदान गर्नुभएका सञ्जय अधिकारी, ३२ पटक रक्तदान गर्नुभएका विकास बावु परियार र १९ पटक रक्तदान गर्नुभएका यम बहादुर बसेललाई दोसल्ला ओढाएर सम्मान गरेको गोरखा जेसीजका अध्यक्ष अश्विन ढुंगानाले जानकारी दिए ।
प्रतिक्रिया