धितोपत्र बोर्डको अध्यक्ष पदको छनोट- कार्यक्रम  मूल्यांकन र अन्तरवार्ता आज, काे बन्ला अध्यक्ष ?

आइतबार, ०२ असार २०८१, ०८ : ३७

काठमाडाैं -  ७ महिना देखि रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटलागि आज कार्यक्रम मूल्यांकन प्रस्तुती रअन्तरवार्ता रहेको छ ।  सिंहदरबारको योजना आयोगको भवनमा अन्तर्वार्ता र  कार्यमूल्यांकन हुन लागेको हो । सर्ट लिस्टमा परेका  पाँच जनाले अन्तर्वार्ता दिने छन् ।जसमा दुई जनालाई आजै मन्त्रीपरिषद्मा पेश गरिने छ ।

गत चैत २५ गते अध्यक्ष पदका लागि पाँच जनाको नाम सर्टलिस्ट भएको  थियो । तर  सोही अवस्थामा अर्थमन्त्री वर्षमान पुनले सेबोनको अध्यक्ष आउने उम्मेदवार बारे अस्वभाविक चासो देखाएपछि छनौट प्रक्रिया अवरुद्ध हुन  पुगेको थियो ।  धितोपत्र बजारको समग्र अवस्था नै अबरुद्ध हुने अवस्थाका सृजना भइरहेकै बखत चौतर्फी दबाब आएपछि अन्ततस् अर्थमन्त्री  स्वयं पछि  हट्न बाध्य भएका छन्  । उनले दुई महिनापछि आएर सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन्।

अब नियुक्ति सिफारिस समितिले प्रक्रिया अगाडि बढाउने छ । अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको संयोजकत्वमा  अर्थमन्त्रालयका अर्थसचिव डा कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला समेत रहेको तीन सदस्यीय सिफारिस समिति गत माघ ३ गते गठन भएको थियो सोही समितिले गत फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन संकलन गरेको थियो ।  सिफारिस समितिले तोकिएको अवधिभित्र आवेदन दिएका १९ आवेदकमध्ये पाँच जनाको नाम सर्ट लिस्ट पनि गरिसकेको छ ।

पूर्वनिर्धारत योजना अनुसार सर्टलिष्टमा परेका उम्मेदवारहरुलाई गत चैत १९ गते प्रस्तुतीकरणका लागि  बोलाइएकोमा कुनै औपचारिक सूचना जारी नगरिकन अर्थमन्त्रालयले कार्यपत्र प्रस्तुती स्थगित  गरेको थियो ।कार्यपत्र प्रस्तुति किन रोकियो भन्नेबारे छनोट समिति र अर्थ मन्त्रालयले अहिलेसम्म केहि बताएको छैन । अर्थ मन्त्रालय र सिफारिस समितिका संयोजक एवं सदस्यहरूलाई पटकपटक सम्पर्क गर्दा उनीहरूले औपचारिक रूपमा केहि बताएनन् ।

सेबोनको अध्यक्षका लागि छनोटमा परेका पाँच जनामा सेबोनकै कार्यकारी निर्देशकद्वय डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की, साविक बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाई र सन्तोष श्रेष्ठ छन् । 

सर्टलिष्टमा समेत परेका  धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले अर्थमन्त्रालयबाट प्रस्तुतीकरणका लागि तयारी अवस्थामा रहन टेलिफोन आएको जानकारी दिएका छन्। उनका अनुसार अर्थमन्त्रालयले प्रस्तुतीकरणका लागि दिन र समय भने तोकेको छैन।

अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।प्रस्तुतीकरण र अन्तरवार्ता पछि सर्टलिष्टमा परेका अन्तिम पाँच जना मध्ये छनौट समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नेछ। जसमध्येबाट १ जनालाई सरकारले बोर्ड अध्यक्षमा नियुक्त गर्ने छ गत पुस २२ गते तत्कालीन अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएसँगै धितोपत्र बोर्ड अध्यक्ष विहीन छ। अध्यक्षविहीन रहेकै कारण पाँच महिनादेखि सार्वजनिक निष्कासन पनि अवरुद्ध अवस्थामा छ।

आइतबार, ०२ असार २०८१, ०८ : ३७

प्रतिक्रिया