ढल्केबर इनरुवा प्रसारण लाइन परीक्षण गरिँदै

आइतबार, ०२ असार २०८१, १२ : २६

काठमाडौँ - नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण सम्पन्न ढल्केबर इनरुवा  ४०० केभी क्षमताको प्रसारण लाइन सञ्चालनमा आउने भएको छ । 

नेपाल विद्युत् प्राधिकरणले आजदेखि सो प्रसारण लाइनलाई सञ्चालनमा ल्याउने भएको हो ।प्राधिकरणले एक सूचना जारी गर्दै नेपाल भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाले निर्माण गरेको यो प्रसारण लाइन आजदेखि सञ्चालनमा ल्याउने जनाएको हो ।  यसका लागि प्रसारण लाइनका कुनै पनि टावरमा नचढ्न र तार नछुन सूचना जारी गरिएको हो ।

प्राधिकरणले आज यो प्रसारण लाइनमा परीक्षण गर्दैछ । यसपछि सञ्चालनमा आउने भएकाले प्रसारण लाइनका आसपासमा बस्दै आएका सर्वसाधारणलाई जानकारी दिन सो सूचना जारी गरेको प्राधिकरणले जानकारी दिएको छ ।

आइतबार, ०२ असार २०८१, १२ : २६

प्रतिक्रिया