कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

आइतबार, ०२ असार २०८१, १२ : ३२

काठमाडौँ - ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ परेको ४ जनालाई आज प्रहरीले सार्वजनिक गर्दै छ । उक्त सहकारीका साढे ६ सय बचतकर्ताले बचत फिर्ता नपाएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । सहकारीले बचतकर्ताको ९५ करोड रुपैयाँ अपचलन गरेको बताइएको छ । उक्त सहकारीलाई सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले माघ २६ गते समस्याग्रस्त घोषणा गरेको छ ।

आइतबार, ०२ असार २०८१, १२ : ३२

प्रतिक्रिया