काठमाडौं – नेपाल नेत्रज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशले लमही आँखा अस्पताललाई २६ लाख मूल्य बराबरको कानका उपकरणहरु हस्तान्तरण गरेको छ ।
अस्पताललाई अडियो, टिम्पाइनो, ओएमेसिनसहित २६ लाख बराबरका उपकरण एकीकृत आँखा स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेशका ब्यवस्थापक मान बहादुर कुवरले हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति सघ दाङका उपसभापति तथा कार्यक्रमका प्रमुख अतिथि रेशमबहादुर खड्काले दाताको सहयोगबाट चलेको आँखा अस्पतालमा उपकरण सहयोगले कानको उपचारसम्बन्धी सेवा सञ्चालनमा सजिलो हुने बताए ।
प्रमुख प्रशासक सम्शेर थापाले कर्णाली प्रदेशले गरेको सहयोगप्रति खुशी ब्यक्त गर्दै आपसी सहयोग र सहकार्यबाट नै आँखा तथा कान उपचार सेवालाई प्रभाबकारी बनाउन सकिने बताउनुभयो । राप्ती आँखा अस्पतालका मेडिकल डाइेक्टर सन्तोष सुबेदीले उपकरण हुँदा कानको उपचारका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे।
प्रतिक्रिया