अस्पताल निर्माणमा खटेका मजदुरको छतबाट खसेर मृत्यु

आइतबार, ०२ असार २०८१, १७ : ००

काठमाडौँ - पाँचथरमा निर्माणाधीन १५ शैय्याको अस्पताल निर्माणमा खटेका मजदुरको छतबाट खसेर मृत्यु भएको छ।

निर्माणाधीन अस्पतालको दोस्रो तलाबाट खस्दा इलामको माइ नगरपालिका १ इलामका ३१ वर्षीय सुमन राईको ज्यान गएको हो। दोस्रो तलामा बस्दै आएका श्रमिक राईले मदिरा सेवन गरेका कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ। राईका सहकर्मीका अनुसार मदिरा सेवन गरेर सुतेका राई सौच गर्न बाहिर निस्कदा लडेका थिए । राईको घट्नास्थलमै मृत्यु भएको हो।
 
 

आइतबार, ०२ असार २०८१, १७ : ००

प्रतिक्रिया