विश्वकममा नेपाली क्रिकेट :  अबसर गुमायौं, छाप छोड्यौं

सोमबार, ०३ असार २०८१, ०९ : ५४

काठमाडाैं - वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशसँग २१ रनको हार ब्यहोरेसँगै नेपालको विश्वकपको यात्रा सकिएको छ । निकै छोटो लक्ष्य पाएको नेपालले अन्तिम दुई ओभरमा नेपालको ब्याटिङ चल्न नसक्दा हार बेहोर्न पुगेका छौं । तर, जारी विश्वकपमा हामीले समग्र खेलको मूल्यांकनलाई एउटै डालोमा हालेर हेर्ने हो भने  हुँदैन । हामीले केही छाप , त्याे पनि नमिटिने छाप छोड्न सफल भएका छौं । त्यो छाप कहिल्यै कुनै मार्करले मेटिने वाला छैन, कुनै वासिङटन पाउडरले पखाल्ने छैन ।  नेपालीले क्रिकेटले देखाएको  उत्साह,त्यागलाई विश्वसामु  नेपाली क्रिकेटको  विश्वास राखेका छौं । सबैको नजरमा परेका छौ र आगामी दिनमा नेपाललाई अन्य देशलेहेर्ने  नेपाली क्रिकेटप्रति दृष्टिकोणमा पक्कै परिवर्तन  ल्याएका छाैं ।

यो भन्दै गर्दा नेपालले एउटा अबसर पनि गुमाएको छ । सुपर ८ मा पर्नेका लागि हामीले गरेको संघर्षले अब यतिले मात्र पुग्ने छैन । नेपालीले अब क्रिकेटमा मन मात्र जितेर  हुने छैन । जति मन जित्नु थियो, जित्यौं अब खेल जित्नुपथ्र्यो ।

 नेदरल्याण्डसँगको त्यो झिनो हार किन नहोस्, साउन अफ्रिकासँगको त्यो एक रनको  महत्वको किन नहोस् अब नेपाली क्रिकेटले त्यो हिसाब र पहिचान त खोज्नुपर्छ पर्छ ।  सन्दिप लामिछानेले रचेको इतिहास किन नहोस् रोहित पौडेलको त्यो कलिलो पनको क्यापेटनसिपको रणनीति किन नहोस् अब नेपालीले क्रिकेटको हिसाब खोज्ने बेला भएको छ । भारत र पाकिस्तानमा जस्तै खेल हार्दा घरका टिभी फुटाउने बेला अब नेपालमा  पनि सुरु   गर्नुपर्छ । सडकमा टायर बाल्ने  बेला भएको छ । त्यसैले नेपालीले अब नेपाली क्रिकेटको हिसाब खोज्ने बेला भएको छ । 

हो , हाम्रो खेल संचरना पक्कै छ, बजेट पक्कै छ, खेलाडीलाई अण्डा र चना खान पनि बजेट अपुग छ र पनि हामी विश्वकपमा पुयौं भनेर खुशि हुने आधार छन् । तर, सरकार र खेलाडीले विश्वकपमा देखिएको नेपाली समर्थकको आँशुले त्यो भन्ने छुट छैन ।

नेपालीले समर्थन देखाएको आँशुको मूल्य बालुटारमा सोफामा बसेर क्रिकेट हेर्ने प्रधानमन्त्रीलाई के थाहा  ? सन्दिपले दुई विकेट लिँदा चम्किएको नेपालको सान के थाहा पटक  पटक प्रधानमन्त्री र ३० वर्ष राजनीतिक गरेको राजनीतिक दललाई? त्यसैले एकपटक सोफामा बसेर क्रिकेट हेर्नुअघि मूलपानीको क्रिकेट स्टडियम र किर्तिपुरको चौरलाई पनि हेरिदिए कति गजब हुन्थ्यो ?

अब ढिला भइसक्यो, अब हतार भइसक्यो अब कसैलाई  छुट छैन, न समर्थकलाई, न सोफा बसेर किक्रेट हेर्ने प्रधानमन्त्रीलाई, न खेल्ने खेलाडीलाई  । आज भारत, पाकिस्तान, बंगालादेश, श्रीलंका र नेदरल्याण्डले देखाएको सहानुभूतिमा रमाउन मात्र हामी अब क्रिकेट खेल्दैनौं । अब हामी पनि गर्वका साथ भन्न सक्छौं । ‘हामी नेपाली अब क्रिकेट खेल्न सक्छौं, माया दिए  पुग्छ,अब सहानुभूति चाहिदैन ।’

सोमबार, ०३ असार २०८१, ०९ : ५४

प्रतिक्रिया