खेताला शिक्षक राख्ने  पौडेललाई  शिक्षा  प्रमुख  क्षेत्रीको सम्रक्षण

सोमबार, ०३ असार २०८१, १२ : १५

काठमाडौँ - श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक अशोक यादबलाई  राखी बर्षौ देखि अबैध तवरले तलब खादै आएको रहस्य खुलाशा भएको छ  ।

श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक  निवर्तमान शिक्षकले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको खुलाशा गरेका छन्। उनले  मन्त्री सुमना श्रेष्ठलाई पत्रसंगै श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक राखेको र   पौडेलको  विद्यालयको अध्यापन तालिका (रुटिन) मा समेत पठाएको खुलाशासमेत  गरेका छन्।

उनले माननीय शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्र पठाएको पत्रमा श्रमजित किशोर माबि लुखुशी ललितपुरमा माबी तृतीय श्रेणीका बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलले खेताला  शिक्षक  राखी बर्षौ देखि  नियम बिपरित कार्य गर्दै आएकोले उनलाई नियम बमोजिम कारबाही गरि गर्न माग गरेका छन्। बिज्ञान शिक्षक श्री राजेन्द्र राज पौडेलको  विद्यालयको अध्यापन तालिका (रुटिन) मा  नाम समेत नभएकोले प्रमाण स्वरुप सो रुटिन पनि पेस गरेको बताएका छन् । उजुरी कर्ता निवर्तमान शिक्षकका अनुसार निज  राजेन्द्र राज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रस्ट्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर माबि लुखुशी ललितपुरमा सरुवा भएका थिए ।

उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको छ।  खेताला शिक्षक राखेर तलव खाने शिक्षक  राजेन्द्र राज पौडेल  ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको बिस्वासिला पात्र हुन्। महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीले पौडेलमार्फत नै शिक्षक सरुवा र नियुक्तिमा अनियमित तवरले रकम उठाउने गरेका छन् ।  यस बिषयमा बिगतमा शिक्षा मन्त्रालयलागायत बिभिन्न निकायमा उजुरी पर्दा समेत  महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीले शिक्षक पौडेललाई बचाउदै आएका छन् । त्यसैले शिक्षा  मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत  पत्र पठाउनु परेको उनले बताए। 

सोमबार, ०३ असार २०८१, १२ : १५

प्रतिक्रिया