काठमाडाैं- नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखिसुरु हुँदैछ । महाधिवेशनको प्रज्ञा भवन कमलादीमा आज उद्घाटन सत्र हुनेछ।
महाधिवेशनको उद्घाटन सत्रअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्याली निस्कने एकीकृत समाजवादीले जानकारी दिएको छ। एमालेबाट विद्रोह गरेर पहिलो पटक महाधिवेशन गर्न लागेकाले सर्वसम्मत नेतृत्व चयन गर्न शीर्ष नेताहरुमाथि चर्को दबाब छ । नेकपा एसका भावी नेतृत्वमा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको दाबी छ ।
प्रतिक्रिया