प्रचण्ड नेतृत्वको सरकार ढल्न लाग्यो भनी खुसी हुनेहरु नेपालको राजनिति नवुझनेहरु मात्र हुन । पार्टी अध्यक्ष प्रचण्डलाई व्यक्तिगत रुपमा वुझ्नेहरुले मात्र रिस , राग र द्वेष राखेको हुन्छ । तर नेपालको कम्युनिष्ट आन्दोलनमा प्रचण्ड परिवर्तनको उज्यालो पक्ष हो । राज्यसत्ता जनताको पक्षमा परिवर्तनको लागि उदाएको वाहक हो । प्रचण्डलाई संस्थाको रुपमा वुझ्नेहरुले मात्र प्रचण्डको योगदानलाई आत्मसात गर्न सक्छ । प्रचण्ड भनेको पुष्पकमल दाहाल भनेर व्यक्तिगत रुपमा वुझनेहरुले उनी विरुद्ध जेहाद छेर्नेहरुले प्रचण्ड जतिको नेता नेपालको भूमिमा जन्माउन फेरि कठिन हुनेछ । उत्पीडित , गरिव , शोषित पीडित जनतालाई सत्ता र राज्यको नीति निर्माणको तहमा लाने विचार वोक्नेहरु सवै माओवादीहरु प्रचण्ड हुन भनी वुझ्न जरुरी छ । नेपालमा विकसित माओवादी विचारले नेपालको संसदवादीहरु परास्त भएकै हुन । १२ वुँदे समझदारीले त्राण पाएका यी पुराना ससदवादी पार्टीहरुको कुनै नयाँ लक्ष्य र योजना छैन । यही भद्रगोल व्यवस्था भित्रै रमाउनु वाहेक उनीहरुको अरु विकल्पै छैन । २०४६ साल देखि आज सम्म यिनीहरुले जानेकै सरकार वनाउने , सरकार गिराउने सत्ताको लिप्सामा रमाउने मात्र हो । माओवादी वृहद शान्ति सम्झौता पछि जुन जनमत प्राप्त गरेको थियो । त्यो जनमत विभिन्न कारणले क्रमशः घटदै गयो । जनताको पक्षमा वलिदान दिने पार्टी सत्तारोहनमा प्रवेश गर्दा थोर वहुत मपाईको कारणले जनताको विचमा जान अल्छी भएकै हो । यो अवधिमा माओवादीले कुनै जनविरोधि काम गरेको छैन । आफुले गरेको सकारात्मक कामको विवरण पनि जनतामा लान सकेन । पार्टी फुट , नेताहरु तितर वितरको कारणले अन्य नेता कार्यकर्तामा निराशको भावना पैदा भएकै हो । यो सत्य विषय हो । तर माओवादी विचार , सिदान्त , राजनीति र ऐतिहासिक कार्यभारबाट पछाडि हटेको छैन । हट्नेवाला पनि छैन । यिनीहरु सिध्दे भन्ने भ्रममा नपर्नु , अव माओवादीले प्रतिपक्षको भूमीका खेल्ने ठूलो अवसर आएको छ । शान्ति प्रकृया पछिको महान जिम्मेवारीमा माओवादी पुगेको छ । समाज परिवर्तन , जनताको जीवन परिवर्तन माओवादीको मुख्य लक्ष्य हो । जनताको हितमा काम गरेर जनतालाई खुसी पार्न सके फेरी २०६४ साल माओवादीको लागि आउँछ । त्यो आएको वेला माओवादी नफुर्कौ , आफनै सहयोद्धाहरुलाई नविर्सौ , जनतामा जान नछोडौ । वलिदानको उपलब्धी जनतामा बाडौं । जनतालाई सहि कुरा वुझाउन नछोडौ । गु र गुण राम्ररी चिनौ । नेपाली श्रमजिवि जनताको जव्वन परिवर्तन र सम्वृद्ध नेपाल निर्माण गर्ने जिम्मेवारी ईतिहासले फेरि माओवादीलाई नै दिएको छ । अरुले संविधान मानोस नमानोस, माओवादीले यो शान्तिपूर्ण संक्रमणवाट नेपाललाई सम्वृद्ध समाजवादी वाटोमा अगाडि वढाऔ । नेपाली जनताले माओवादीलाई निश्चीत रुपमा साथ दिने छ । अभिवादन ।
२०८१ आषाढ २० गते विहिवार , काठमाण्डौ ।
(मुक्ति प्रधानको फेसबुकबाट)
प्रतिक्रिया