काठमाडाैं - सोमबार २ बजे अर्थ समितिको मौन्द्रिक नीतिको बारेमा छलफल गर्ने भनिएको थियो । जसमा राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारी, कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ, गुणकर भट्ट लगायत पदाधिकारी उपस्थित थिए । अर्थमन्त्रालयको प्रतिनिधित्व गर्दै अर्थ सचिव मधु मरासिनी सहभागि थिए ।
गभर्नरले सुरुवातमा सामान्य अहिलेको समग्र अर्थतन्त्रको विषयमा आफ्नो कुरा राखेका थिए । त्यसपछि अर्थ सचिवलेपनि आगामी आर्थिक बर्षकोबजेटलाई केन्द्रमा राखेर मौन्द्रिक नीति ल्याउन राष्ट्र बैंक समक्ष आग्रह गरे । त्यसपछि अर्थ सभापतिले सासंदहरुलाई आफ्नो धारणा राख्न अनुरोध गरे । सुरुवातमै बोल्न अघि सरेका नेपाली काङ्ग्रेसका सांसद पुर्ण बहादुर तामाङ सांसदले अर्थ सचिवलाई सुरुमै निर्माण ब्यवसायीको ४० अर्बभुक्तानी गर्न कसले रोकेको छ भनेर प्रश्न गरे । उनलेभने,‘ उनले भने,“ अर्थ मन्त्रालयमा ३८५ फाइल किन रोकियो, यही हो अर्थमन्त्रालयको पारा, यसरी देशबन्छ ।?’ अर्थ सचिवलाई प्रश्न राखेपछि गभर्नर अधिकारीलाई पनि साउनबाट ब्याजदर कति पुग्छ भने ठाडोप्रश्न सोधेका थिए । उनले भने,‘हामिले अन्य देशको कुरा गर्ने हो,अरुको कुरा गर्ने होइन भन्नुस साउन बाट ब्याज कति पुग्छ।“?
बैकका ब्याजको भाखा असोजको पहिलो सातासम्म सारिदिन माग गरेका थिए । उनलेभने,‘ व्यवसायीक साथीहरु झुण्डीनेअबस्थामा पुगेको छन् , सासंद ज्यू बोल्दिनु पर्यो भनेका छन् अब म गएर गर्भनर अर्थ सचिवको घरअघि झुण्डिन भन्छु त्यो पनि सामूहिक ।’ अर्थ सचिवले सासंदको जवाफ दिदै अहिले निर्माण ब्यवसायीको भुक्तानी दिनका लागि आगामी आर्थिक वर्षको बजेटमा १३० अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोर त्यो बजेटबाट खर्च गर्न अर्थमन्त्रालयले नरोकेको बताए । उनले भने,‘ दायित्वमा छुट्याएकोबजेटमा अर्थमन्त्रालयले कहाँनेर रोकेको छ, अर्थलेभुक्तानीदिएन भन्नेगलत भास्य बनेको छ ।’ गभर्नर अधिकारीले पनि २०४७ सालदेखि नै केन्द्रीय बैंकल व्याजदर निर्धारणको जिम्मा स्वयम् बैकहरुलाई दिएको बताए । उनले भने,‘उहाँहरुले नै बैंकको ब्याजदर निर्धारण रहेकोहुँनाले यसमा बोल्नु आवश्यक छैन, बजारम आएको माग र आपुर्तीको सन्तुलनको आधारमा ब्याजदर निर्धारण हुन्छ ।’
त्यस्तै कांग्रेस सासंद बिनोद चौधरी निर्माणको काम घट्दै म गएको र अर्थतन्त्र चलायमान बनाउने क्षेत्र नै सुस्त बन्दा आर्थिक क्षेत्र संकुचन बन्न पुगेको बताए । सरकारले अहिले राखेको राजस्व १२खर्ब उठ्ने संकेत कुनैहालतमा पनि संकलन नहुने बताए । उनले भने, अहिलेको परिस्थिति नियाल्दा १०खर्ब पनि उठ्ने संकेत देखिन्न।’
बजेटमा राखिएको आइटीसिटीलाई दिएको प्राथमिक स्वागत देखिएको बताए ।
प्रतिक्रिया