नेकपा एमालेको सचिवालय बैठक आज बस्दै,सरकारमा जाने मन्त्रीको बारेमा छलफल गर्ने तयारी

बुधबार, २६ असार २०८१, ०६ : ५५

काठमाडाैं- नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिन लागेको विश्वासको मत र त्यसपछिको नयाँ सरकार गठन प्रक्रियाबारे पनि बैठकमा छलफल हुनेछ । साथै केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ । 

बुधबार, २६ असार २०८१, ०६ : ५५

प्रतिक्रिया