रास्वपाकाे घन्टीघरमा बजेको एकोहोरो शंख

बुधबार, २६ असार २०८१, ०८ : २२

काठमाडाैं- पछिल्लो एक साता दुईवटा कुरा राजनीतिक गरमागरम तातिरहेको छ । पहिलो सत्ता राजनीतिमा रातरात आएको उथलपुथलको आँधिहुरी र दोस्रो नेपाली राजनीतिमा एकैपटक २१ सीट जितेर छलाङमारेको राष्ट्रिय स्वतन्त्र पार्टीमा (रास्वपा)देखिएको आन्तरिक कलह ।

उथलपुथल भइरहने नेपाली राजनीतिमा प्रधानमन्त्री पुष्प कमल दाहालको दोहोरो चरित्रलाई तत्काललाई बन्द गर्नेगरी नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने सहमति भइसकेको छ । आगामी दिनमा त्यसले पूर्णता पाउला अघि बढ्ला  । तर, अरुबेला रास्वपाको पार्टी कार्यलयमा बज्ने घन्टी घरमा पछिल्लो समय भने एकोहोरो शंख बजिरहेको छ ।
रास्वपाको आन्तरिक राजनीतिकभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ। नयाँ केही गर्छु भनेर आएको दलमा पार्टी स्थपनाको केही वर्षमै पार्टीको शक्तिशाली पदमा बसेका र  सुरुदेखि योगदान गरेको मुकुलमाथि कारवाही गर्नुपर्ने अबस्थामा कसरी पुग्यो होला ? प्रतिनिधि सभा चुनाव र उपचुनावमा पूराना दलको निधारमा पसिना छुटाएको  रास्वपाको एक वर्षपछि भएके गत वैशाखकोचुनावमा जमानत जफत हुने अबस्थामा पुग्यो ।

यसले नयाँ दललाई ठुलो सन्देश पनि दियो । सक्किने कि सच्चिने भन्ने सन्देश दिएको उपचुनावलाई पार्टीलेगम्भिर रुपमा लिएर महामन्त्री मुकुल ढकाललाई देशदौडाहमा जाने र जनताको राय लिई प्रतिवेदन पेश गर्नेगरी पठाएको  थियो । देशका करिब आधाभन्दा बढी जिल्लाका स्थानीय, कार्यकर्ता देखि सबैको राय लिएर प्रतिवेदन  बनाएका मुकुल एकाएक पार्टीबाट उन्मुक्त अभिब्यक्ति दिन थाले  ।

पार्टीका आफ्नौ नीति, सिद्धान्त, नियम हुन्छन्  प्रक्रिया हुन्छन् । उनले पार्टीभित्रको समस्यालाई उजारगर गरेर सुधार गर्नुपर्ने कुरालाई केन्द्रियसमिति मार्फत धारणा राख्दै सकारात्मक,नकारात्मक ओकल्नुपर्ने थियो । तर,  मुकुल यसरी प्रस्तुत भइदिए कि रास्वपाकोकुनै पनि कार्यकर्ता, दल शुभचिन्तक, पदाधिकारीले समेत उनले यस्तो गर्छन भन्ने सोचका थिएनन् । उनले पार्टी भित्रका आन्तरिकदेखि बाह्यसम्मका सबै कुरा सामाजिक सञ्जालदेखि मिडियासम्म परिचालित गरिदिए । अहिले रास्वपालाई त्यो प्रतिवेदनको कमजोरीभन्दा पनि मुकुलको ब्यवहार मिडिया ट्रायल भारी परेको छ । यसै पनि  सरकारमा गएर उत्कृष्ट काम देखाउन नसकेको भन्दै चर्को आलोचना खेपीरहेको अबस्थामा  मुकुलको अभिब्यक्तिले पार्टीलाई एक प्रकारको तनाब दिएको छ ।

सभापति रवि लामेछानेलाई सहकारी ठगीकोआरोपले थिलथिलो पारिरहेको बेला ढकालले गालेको अचारमा तातो तोरीको खेल फेरि खन्याइदिएका छन् । उनको  ब्यावहारलाई लिएर पार्टीले साधारण सदस्यबाहेक सबै पदबाट हटाएको छ । दुई तिहाइको बहुमतले उनलाई अब कहिल्यै उठ्न नसक्नेगरी हटाएको छ । उनलेगरेको सानो कमजोरीले पार्टीलाई मात्र क्षति पुगेकोछैन । उनको राजनीतक करियरलाई पनि धराप मारेका छन् । अहिले  पनि उनलाई ३० दिनको मौका त दिइएको छ ,तर उनले पूरानावेदन नदिने संकेत गरिसकेका छन् ।

पार्टीले कारवाही गरेपछि  उनले लेखेका छन् । ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि .... असन्तुष्ट केन्द्रिय सदस्य गणेश कार्कीले भने सभापति रवि लामिछाने मुकुल ढकालको क्लबबाट निस्किएकोमा बधाइ दिएका छन् । यसै पनि दिनप्रतिदिन कताकता हराएको जस्तो भइरहेको रास्वपाका लागि अहिलेकोघटनाक्रमले अब कता जाने भन्ने  अबस्थामा पुगेको छ ।  रास्वपाका केन्द्रिय सदस्यहरु भने अब दल प्रतिपक्षमा बस्ने, पार्टीको संगठन विस्तारका साथै  नयाँ कार्यक्रमहरु ल्याउने बताउँदै आएको छ ।


 

बुधबार, २६ असार २०८१, ०८ : २२

प्रतिक्रिया