काठमाडौँ- नवलपरासी पूर्व गैंडाकोटस्थित नारायणी नदीको बीच (टापु) मा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार गैंडाकोट नगरपालिका-९ थुम्सीमा एक जनाको शव फेला परेको हो ।
थुम्सी बजारबाट केही दक्षिणमा शव फेला परेको हो । पर्स र मोबाइल प्राप्त भएको र त्यसैका आधारमा सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया