भोलि नागरिक लगानी कोषको साधारणसभा

आइतबार, ३० असार २०८१, १२ : ०४

काठमाडौँ - नागरिक लगानी कोष (सीआइटी) को २९ औं वार्षिक साधारण सभा भाली बस्दै छ ।  कोषको असार ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा विहानको ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो ।

सभामा  १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । त्यस्तै गत आ वको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै सेयरधनी र सञ्चालकहरूको तर्फबाट एक-एक जना प्रतिनिधि नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिने सीआइटीले जनाएको छ ।

साधारणसभा प्रयोजनार्थ कोषले असार २० गते नै बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनी मात्रै सभामा भाग लिन र पारित लाभांश पाउन योग्य हुनेछन् ।


 
 

आइतबार, ३० असार २०८१, १२ : ०४

प्रतिक्रिया