प्रतिनिधिसभा बैठकको समय  परिवर्तन

आइतबार, ३० असार २०८१, १५ : ४१

काठमाडौँ - सोमबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा बैठकको समय  संघीय संसद् सचिवालयले परिवर्तन गरेर  दिउँसो ४ बजेका लागि सारेको छ । 

‘असार ३१ गते सोमवार दिनको १ बजे वस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम ९:३० बमोजिम सभामुखले सभाको अर्को बैठक मिति २०८१ साल असार ३१ गते सोमबार दिनको ४ बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, संसद् सचिवालयले प्रकाशित गरेको सूचनामा भनिएको छ । यसअघि आइतबार निर्धारित बैठक स्थगित गरेर सचिवालयले सोमबार १ बजेका लागि नयाँ मिति तय गरेको थियो ।

आइतबार, ३० असार २०८१, १५ : ४१

प्रतिक्रिया