बाराही हाइड्रोको विद्युत् उत्पादन सुचारु

मंगलबार, ०१ साउन २०८१, १४ : ०६

काठमाडौं - बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजनाबाट साउन १ गते बिहान २ बजेदेखि आंशिक रुपमा विद्युत् उत्पादन सुरु गरेको छ ।

कम्पनीले बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरास्थित ठेउले खोलामा सञ्चालन गरिरहेको १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना मर्मतगरेर आंशिक रुपमा विद्युत् उत्पादन सुरु गरेको हो ।

अविरल बर्षापछि आएको बाढीको कारण आयोजनामा क्षति पुगेपछि २०८१ असार २२ गतेबाट आयोजनाको विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको थियो। बाढीले खोलाको दायाँतर्फको करिब २०० मिटर माथिबाट आएको पहिरोले इन्टेक र Gravel Trap को बीचको संरचनामा क्षति पुऱ्याएको थियो । साथै विद्युत् गृहमा पानी पठाउने बाटो पनि अवरुद्ध भएको थियो ।

मंगलबार, ०१ साउन २०८१, १४ : ०६

प्रतिक्रिया