भारतको आईआरईडीएले नेपालमा लगानी गर्ने

विहीबार, ०३ साउन २०८१, १२ : ३३

काठमाडौँ - भारतको रिन्यूएबल इनर्जी डेभलपमेन्ट एजेन्सी लिमिटेड ९आईआरईडीए०ले नेपालमा २९० करोड भारु लगानी गर्ने भएको छ । 

कम्पनीले नेपालमा जलविद्युत उत्पादन र ट्रान्समिसन लाइन निर्माणका लागि ठुलो लगानी गर्ने भएको हो ।भारतीय सञ्चारमाध्यम इकोनोकि टाइम्सका अनुसार जीएमआर अप्पर कर्णाली हाइड्रोपावर लिमिटेड र कर्णाली ट्रान्समिसन कम्पनीको १० प्रतिशत सेयर किन्दै नेपालमा लगानी अघि बढाउने छ । कम्पनीले एसजेभिएनले स्थापना गरेको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली हाइड्रोइलेक्ट्रिक पावर प्रोजेक्टमार्फत नेपालमा रणनीतिक लगानी गर्ने बताइएको छ ।

तर आईआरईडीएको यो सम्भावित लगानी भारतीय नियामकीय निकायको अनुमतिमा भर पर्छ । कम्पनीको हालसालै सम्पन्न सञ्चालक समितिको बैठकले नेपालमा लगानीको योजना समर्थन गरेको थियो । साथै नवीकरणीय ऊर्जाको पूर्वाधार निर्माणमा र प्रोत्साहनका लागि अन्तर्राष्ट्रिय इनर्जी कर्पोरेसनको विस्तार गर्ने योजनामा समेत छलफल भएको थियो ।

‘यो रणनीतिक लगानी योजना हाम्रो प्रतिबद्धता बमोजिम हुन्छ । हामीले नवीकरणीय ऊर्जाको पूर्वाधार र अन्तर्राष्ट्रिय सहकार्यको प्रतिबद्धता गरेका थियौँ,’ आईआरईडीएका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीपकुमार दास भन्छन् । यो लगानीबाट नेपालको ऊर्जा उत्पादनको सम्भावनालाई प्रोत्साहन गर्न र क्षेत्रीय ऊर्जा सुरक्षालाई बल पुर्याउन सहयोगी भूमिका खेल्छ । यो लगानीका लागि कम्पनीले जीएमआर र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य पर्नुपर्नेछ ।एजेन्सी
 

विहीबार, ०३ साउन २०८१, १२ : ३३

प्रतिक्रिया