नेपाल, भारत र बंगलादेशमा  त्रिपक्षीय सम्झौताको तयारी पूरा

विहीबार, ०३ साउन २०८१, २१ : २६

काठमाडाैं- नेपाल, भारत र बंगलादेशका मन्त्रीबीच विद्युत् व्यापारका लागि त्रिपक्षीय सम्झौता हुने भएको छ । तीन देशका मन्त्रीको उपस्थितिमा सम्झौता साउन १३ गते  मा विद्युत् व्यापार सम्झौता गर्न हुन लागेको ऊर्जा मन्त्रालयका प्रवक्ता नविनराज सिंहले बताए । नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् निर्यात हुने छ ।

नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का, बंगलादेशका ऊर्जा मन्त्री नस्रुल हमिद र भारतका पावर मिनिस्टर मनोहरलाल खट्टर बीच ऊर्जा सम्झौता हुन लागेको हो । सम्झौतामा भने नेपाल विद्युत् प्राधिकरण, एनभीभीएन भारत र बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड -बीपीडीबी बीच हुने छ । बीपीडीबीले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौता अनुसार ५ वर्षसम्म खरिदका लागि बोलपत्र -टेण्डर आह्वान गरेको थियो ।

 

 

 

विहीबार, ०३ साउन २०८१, २१ : २६

प्रतिक्रिया