राज्यमाथि ऋण बढेको बढ्यै, नेपालीको टाउकोमा ८३ हजार ऋणको भारी

शुक्रबार, ०४ साउन २०८१, २० : ५४

काठमाडाैं- अघिल्लो आर्थिक  वर्षमा  राज्यमा  ऋण  झनै बढेको छ ।  शुक्रबार  सार्वजनिक ऋण व्यवस्थापन समितिले प्रतिवेदन जारी गर्दै  यस्तो देखाएको हो । अघिल्लो आर्थिक वर्षमा सार्वजनिक ऋण  २४ खर्व ३३अर्व २३ करोड ९४ लाख रुपैयाँ पुगेका जारी तथ्यांकले देखाएको छ । २२ खर्व ९९ अर्व रहेकोमा चालु आर्थिक वर्षको आषाढ मसान्त सम्ममा १३४ अर्व ६८ करोड ४१ लाख थप परिचालन भई कुल ऋण २४ खर्व ३३अर्व २३ करोड ९४ लाख रहेको छ। जेठ महिनाको तुलनामा कुल सार्वजनिक ऋण रु ३२ अर्व ८९ करोड ५८ लाख थप भएको छ। कुल ग्राहस्थ उत्पादनको आधारमा सार्वजनिक ऋण ४२.६५ प्रतिशत हुन आएको छ।

चालु आर्थिक वर्षमा जम्मा ४ खर्व ५२ अर्व सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा आषाढ मसान्तसम्ममा ३ खर्व ५८ अर्व २ करोड ९५ लाख ऋण प्राप्ति भएको छ। बार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९.०८ प्रतिशत र आन्तरिक ऋण प्राप्ति ९७.६८ प्रतिशत तथा बाह्य ऋण प्राप्ति ५८.१० प्रतिशत रहेको छ।sarbajanik

शुक्रबार, ०४ साउन २०८१, २० : ५४

प्रतिक्रिया