प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिंदै, पुग्ला दुईतिहाई ?

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिने भएका छन् । आज १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट उनले विश्वासको  मत लिने भएका हुन् ।

संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले असार ३१ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन्। सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन्।  ओली सरकारमा  साना पार्टीहरुलाई मनाउने तयारीमा छन् । सकेसम्म उनले दुई तिहाइ बनाउने तयारी रहेका छन् । राप्रपाले भने अहिले सरकारमा जान नचाहेको बताउँदै आएको छ।

१ महिना अगाडि

प्रतिक्रिया