रिटेल पेमेन्ट स्वीच मार्फत ५७ खर्ब रुपैयाँको कारोबार

आइतबार, ०६ साउन २०८१, १६ : ०७

काठमाडौं- आर्थिक वर्ष २०८०र८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीच मार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ। 

पछिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीच (आरपीएस)को कारोबारमा क्रमशः ४९ प्रतिशत र ३८ प्रतिशतले वृद्धि भएको हो। हाल सबै कारोबारहरू विद्युतीय माध्यमबाट हुने र धेरै जसो सानो रकमका कारोबारहरू रियल टाइममा नै हुने भएकोले सबै जसो कारोबारहरू आरपीएस मार्फत सिधै अथवा राउटिङ र राफसाफको लागि प्रयोग हुने क्रम अत्यधिक वृद्धि हुँदै गएको छ।

यस अन्तर्गत बैंकरवित्तीय संस्थाका मोबाइल बैंकिङ, भुक्तानी सेवा प्रदायकहरूका वालेट, क्यापिटल मार्केट, इन्स्युरेन्स, रेमिट्यान्स, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, ठूला कर्पोरेटहरू तथा नेपाल सरकार समेतको सबै जस्तो कारोबारहरू प्रोसेस तथा क्लियरिङबाट हुने व्यवस्था रहेको छ।  उक्त निकायहरूलाई आरपीएस मा नेशनल पेमेन्ट इन्टरफेस मार्फत इन्टिग्रेट गरिएको छ। फण्ड ट्रान्स्फर, कुनै पनि प्रकारको बिल पेमेन्ट,भुक्तानी,नेपाल सरकारको विभिन्न कारोबारहरू जुनै च्यानलबाट गरिए पनि अन्तिममा प्रोसेस हुने गरेको छ।

एनसी एचएलका सञ्चालनमा रहेका च्यानल प्लेयाट्फर्महरू जस्तै बैंकरवित्तीय संस्थाका व्यक्तिगत ग्राहकले प्रयोग गर्ने कनेक्ट आइपिएस,संस्थागत ग्राहकले प्रयोग गर्ने कर्पोरेटपे अथवा बैंकको शाखाबाट बैंक सेन्ट्रल मोड्युलबाट गरिने रियल टाइम कारोबारहरू समेत आरपीएस बाट नै प्रोसेसिङ हुने गरेको छ।नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच लागू गर्न एनसी एचएललाई स्वीकृती दिए पश्चात उक्त परियोजनाको पहिलो पूर्वाधारको रूपमा एनसीएचएलले रिटेल पेमेन्ट स्वीच नेपालमा नै निर्माण गरी २०७८र७९ देखि सञ्चालन गर्दै आएको छ। 

रिटेल भुक्तानीका विभिन्न उपकरणहरू जस्तै बैंक–बैंक, बैंक–वालेट, वालेट–वालेटबीच ट्रान्स्फर, सरकारी कारोबार, सेवा बापतको भुक्तानी, मोबाइल नम्बरको आधारमा ट्रान्स्फर, भुक्तानी, नेटवर्कबीच अन्तर आबद्धता,ई–कमर्शको लागि पेमेन्ट गेटवेलगायतका भुक्तानी उपकरणहरूमा उपलब्ध रहेका छन्। 

सोही माध्यमबाट क्रस बोर्डर भुक्तानीहरू समेत गर्न सकिने गरी प्रणालीको विकास भई केही देशहरूमा कारोबार सञ्चालनमा आउने चरणमा रहेको छ। आरपीएस मा हाल ५२ बैंकरवित्तीय संस्थाहरू, २२ भुक्तानी सेवा प्रदायकहरू, २ भुक्तानी प्रणाली सञ्चालकहरू, १०० भन्दा बढी अन्य संस्थाहरू र नेपाल सरकार लगायतले आफ्ना सम्पूर्ण कारोबर गर्ने गरी जोडिएका छन्। नेपालभित्र हुने कार्डको कारोबारलाई समेत अन्तर आबद्धता कायम गर्न र नेपालको आफ्नै नेशनल कार्ड सञ्चालनमा ल्याउन अन्तर्गत नेशनल कार्ड स्वीचको जडान कार्य समेत हुँदै गरेको छ।

आइतबार, ०६ साउन २०८१, १६ : ०७

प्रतिक्रिया