मौद्रिक नीतिले कार्यान्वयनमा ल्याएको बजेटमा  समावेश बुँदाहरु के के छन् ?

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ ले बजेट भएका ६ बुँदे कार्यान्वयनमा ल्याएको छ ।के के छन् मुख्य बुँदा

१. नेपाल सरकारको आर्थिक वर्ष २०८१\०८२ को बजेट बक्तव्यमा उल्लिखित बैंक तथा वित्तीय संस्थामा पेश हुने वित्तीय विवरण र कर सूचना प्रणालीमा पेश भएका विवरणहरुबीच आवद्धता कायम गर्ने प्रणाली विकासका लागि समन्वय गर्ने ।

२.नेपाल सरकारको २०८१र८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाएको छ ।

३.नेपाल सरकारको २०८१र८२ को बजेट बक्तव्यमाउल्लेख भएको बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने  छ ।

४.नेपाल सरकारको २०८१र८२ को बजेट बक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने छ ।

५. नेपाल सरकारको २०८१/0८२ को बजेट बक्तव्यमा उल्लेख भएको बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनको लागि सरकारलाई सहजीकरण गरिने छ ।

६.नेपाल सरकारको २०८१/0८२ को बजेट बक्तव्यमा उल्लेख भएअनुसार युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्याउन सहजीकरण गरिने छ ।

१ महिना अगाडि

प्रतिक्रिया