डा. पोखरेलले मैलुङ खोलाको सञ्चालकबाट दिए राजीनामा

आइतबार, १३ साउन २०८१, १२ : ०८

काठमाडौँ - मैलुङ खोला जलविद्युत कम्पनीको सञ्चालक डा. तारा प्रसाद पोखरेलले राजीनामा दिएका छन् । 

लामो समयदेखि कम्पनीको सञ्चालक पदमा रहेका डा. पोखरेलले व्यक्तिगत कारण देखाई राजीनामा दिएका हुन् । साथै कम्पनी सञ्चालक समितिले डा. पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । साउन १० गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको हो ।

आइतबार, १३ साउन २०८१, १२ : ०८

प्रतिक्रिया