मौसम विश्लेषण :तीन दिनमा यी स्थानमा अझै मौसम सक्रिय हुँदा भारी वर्षाको संम्भावना

मंगलबार, १५ साउन २०८१, ०५ : ३७

काठमाडाैं-  देशभर फेरि एकपटक मौसम सक्रिय भएको छ । मौसम सक्रिय भएसँगै तीनदिनअझै अति भारी वर्षाकोसंम्भावना रहेको देखिएको  हो । जल तथा मौसम पूर्वअनुमान महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा भारी  देखि धेरै भारी  वर्षाको पनि   विभागकाे भनाइ छ ।

२०८१ साउन १६ गते (बुधवार)

मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीː देशभर साधारणतया बदली रहने छ। मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो लगायत असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ ।

मंगलबार, १५ साउन २०८१, ०५ : ३७

प्रतिक्रिया