कोदो दिवस : कोदो सुअन्न की कु अन्न ?

काठमाडाैं- कोदो पौष्टिकताको हिसावले विश्वको महत्वपुर्ण वाली हो । थोरै खाएर पनि पेट भरिने र धेरै पोषण तत्व प्राप्त गर्न सकिने वालीको  रुपमा कोदोलाई लिइन्छ । कोदोमा शरिरलाई चाहिने क्याल्सियम, फस्फोरस, फलाम, लवन, अमिनेएसिड लगायतका खाद्य पदार्थ पाइन्छ । यो मधुमेह, एनिमिया, हड्डी बलियो बनाउने, मुटु तथा रगतको मात्रा बढाउने औषधिय बस्तुको प्रयोग हुन्छ । रगतको बोसो र कोलेस्टरोलको मात्रा घटाउने, जाडो याममा चिसोबाट बच्न वा बचाउन र सर्दी हटाउनका लागि अत्यन्तै उपयोगी भएका कारण कोदोलाई सर्वाेत्तम खानाको रुपमा लिइन्छ । नेपाल जस्तो बहुजाति, बहुसंस्कृति रहेको देशमा आदिवासी जनजाति समुदायको चाडपर्व एवं पुजाआजा तथा संस्कार चलाउने क्रममा कोदोको रक्सी चढाउने र अतिथिहरुलाई सत्कारमा प्रयोग समेत हुने भएकोले कोदोले साँस्कृतिक महत्व समेत ओगटेको छ । 

कोदो नेपालको धान, मकै र गहुँ पछिको चौथो वाली हो । यसलाई पहाडी भेगमा मकै पछिको दोश्रो वालीको रुपमा लिइन्छ । कागुनो, चिनो र जुनेलो यसै वर्गका वाली हुन । यो विपन्न परिवारको खानाको मुख्य श्रोत हो । नेपालमा ३०० मिटर देखि उच्च पहाडको ३००० मीटर सम्म खास गरी मनाङ र मुस्ताङ बाहेकका सवै स्थानहरुमा कोदोको खेती गरिन्छ । यसलाई कम उत्पादन हुने रुखोपाखो जग्गामा आकासे पानीको भरमा रसायनिक मल तथा विषादीको प्रयोग विना सिमान्त जमीनमा खेती  गरीने वालीको रुपमा लिइन्छ । यस वालीलाई रोग किराको प्रकोप कम हुन्छ । यसको विउलाई १५ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ भने लामो समय सम्म खाध्य सुरक्षाका लागि उत्पादन पछि भण्डारण गरि राख्न सकिन्छ । त्यसैले यो जलवायु अुनकुलनीय अर्गानिक र दिगो एवं वातावरण मैत्री बाली हो ।

नेपालमा कुल ४१,२१००० हेक्टर (२७ प्रतिशत ) खेती योग्य जमीन मध्ये ३०,९१,००० हेक्टर (२० प्रतिशत) जमीनमा खेती गरिएको छ भने १०,३०,००० हेक्टर (७ प्रतिशत) जमीन खेती योग्य भएर पनि खेती गरिएको छैन । बाँझो बस्दै आएको छ । यो कम बढ्दो छ । विगत लामो समय सम्म पुर्खाहरुले पहरी फुटाँउदै माटोमा रुपान्तरण गरी स्तरीय जैविक विविधताको अधिकतम उपयोग गर्दै कडा परिश्रमका साथ कोदो खेती गरि प्राप्त उत्पादनबाट ढिडो, रोटी, पुवा, खोले जस्ता परिकार बनाएर खाने चलन थियो । उक्त खानेकुरालाई गुणस्तरीय खानाको रुपमा लिइथ्यो । जसको फुल स्वरुप उत्पादनलाई प्राथमिकतामा राख्दा ठूलो क्षेत्रफलमा कोदोको खेती गरिन्थ्यो । विडम्वना भन्नु पर्छ । यस्तो महत्वपुर्ण वालीलाई कुलामुनी जमीन हुनेहरुको हेलाँ होचो र अल्पशिक्षा लिएकाहरुको बुझाई एवं राज्यको धान, चामल प्रति आकर्षण बढाउने, भाते संस्कृतिको विकास गराउने र अन्य बालीलाई सिमान्त वालीको रुपमा अपमान गरी कु अन्न सावित गराउने गलत धारणा एवं निति र कार्य शैली तथ्य कुला माथी जमीन हुनेहरुलाय गरिएको अपमानका कारण हाल कोदो खेती गर्ने क्षेत्रफल घट्दै गएको छ । आ. व २०७८\०७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा मात्र कोदो खेती भएको छ । 

राज्यले खाध्य सुरक्षाको कुरा ग¥यो पेट भर्ने कुरा गर्याे तर पोषण खाद्यको कुरा कहिल्यै गरिएन । हाम्रा रैथाने वालीहरुमा भएका गुणस्तरीय महत्वलाई बुझाउन र प्रवर्धन गर्न र खानपानका बारेमा चेतना विस्तार गर्न सकेन । जसको फलस्वरुप स्थानीय किसानका मौलिक खाद्यान्न एवं खाना छायामा परे कुहिएका र किरा लागेका आयातित खाद्यान्नले स्थान पाए अहिले हामी भाते भयौं हामीलाई भाते बनाएको सरकारको निति एवं व्यवहारले हो कार्य शैलीले हो यसमा दुइमत छैन ।  जे होस समय परिवर्तनशिल छ । देशको कृषि कस्तो ? संयुक्त राष्ट्र संंघको सन २०२१ मार्चमा सम्पन्न महासभाले पश्चिमी हावा चल्ने देश भारतको अगुवाइमा ७०  भन्दा बढी देशहरुको समर्थनमा सन २०२३ लाई कोदो अन्तराष्ट्रिय वर्षको रुपमा मनाउने घोषण गरेसंगै नेपाल लगायतका संयुक्त राष्ट्रसंघमा आवद्ध मुलुकहरु अन्तराष्ट्रिय कोदो वर्षको मुख्य उद्देश्य कोदो वर्ष मनाई रहेका छन् । 

जलवायुमैत्री खेती साथै कोदोको स्वास्थ्य लाभ र यसको खेतीका लािग उपयुक्तता बारे जनचेतना अभिबृद्धि गर्ने रहेको छ । नेपालमा किसान अधिकार प्रति समर्पित राष्ट्रिय कृषक समुह महासंघ नेपाल र कृषिका विषयमा कलम चलाउने कृषि पत्रकारहरुको संगठन अनाज नेपालले २०७७ साल श्रावण १५ गते महासंघको कार्यलयमा कोदो र एक पौष्टिक र औषधिय गुण भएको अन्न हो नेपालको भौगोलिक क्षेत्र सुहाँउदो रैथाने अन्न भएकोले ओझेलमा पर्न दिन हुन्न पुनजीवित दिनु पर्छ र सरकारी निति तथा कार्यक्रम  मार्फत संवोधन गराई कोदो दिवस मनाउन र कोदोको प्रवर्धन गर्न पहल गर्नु पर्छ भन्ने पवित्र सोचका साथ कोदो बहस कार्यक्रमको आयोजना गरि उक्त वहसको निचोड राज्यलाई पनि घचघच्याउने अगामी वर्ष देखि कोदो दिवस मनाउन शुरु गर्ने भन्ने सहमतीका आधारमा २०७८ साउन १५ गते काठमाडौं जिल्ला टोखा नगर पालिका वडा नं १ झोर महांकाल गैरी गाँउ स्थिइ किसान रामेश्वर अधिकारीको बारीमा प्रत्येक्ष कोदो रोपाई र राष्ट्रिय किसान आयोगका अध्यक्ष डा.प्रेम प्रसाद दंगालको प्रमुख आतिथ्यतामा जुम मार्फत सिमान्तवाली कोदोको महत्व विषायक अन्तरक्रिया सहित प्रथम कोदो दिवस मनाइयो ।

यसै गरि दिवशलाई निरन्तरता दिने क्रममा २०७९ साल साउन १५ गते कोदोको योगदान खाध्य तथा पोषण सुरक्षामा वरदान भन्ने मुल नारामा साथ राष्ट्रिय समावेशी आयोगका किसान क्षेत्र हेर्ने माननीय सदस्य विष्णु माया ओझाको प्रमुख आतिथ्यता र राष्ट्रिय किसान आयोगका सदस्य एवं प्रवक्ता जीवन्ती पौडेलको विशेष आतिथ्यतामा बागमती प्रदेश मकवानपुर जिल्लाको भिमफेदी गाँउपालिका वडा नं ५ छेवालीमा बाँझो रहेको बारीमा जोतखन गरि औपचारीक कार्यक्रमका साथ प्रत्यक्ष स्थलगत रुपमा कोदो रोपेर दोश्रो कोदो दिवश सम्पन्न गरियो । जसको  प्रभाव रहीरहँदा अन्तराष्ट्रिय कोदो वर्ष एवं  जैविक विविधता वर्ष मनाउने सन्दर्भमा सार्थकता मिलेको छ । 
अव के त ?
-कोदोवाली साना, सिमान्त कृषकहरुको जीविकाको आधार भएकोले सरकारी लगानी र प्राथमीकता सहित प्रतिष्पधत्मिक क्षमता बढाउनु पर्छ ।
-    जलवायु मैत्री खेती साथै कोदोको स्वस्थ्य लाभ र यसको खेतीको लागि उपयुक्तता बारे जनचेतना अभिबृद्धि गर्न आवश्यक छ । 
-   जमीनको उपयोग संरक्षण र युवा रोजगारको हिसावले यस वालीलाई हेरीनु पर्दछ । 
-   खेती प्रकृयामा सुधार, आधुनिक प्रविधिको प्रयोग गरी सहज उत्पादनमा जोड दिनु पर्दछ । -

-  अध्ययन अनुुसन्धान गरि सम्मानित बालीको स्थान दिई प्रचारप्रसार गर्नु पर्दछ ।
-   कोदोको प्रशोधन र उद्यमशिलताका साथै कृषि शिक्षामा जोडीनु पर्दछ ।
-   ३ वटै तहका सरकारको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गरी कोदोको प्रवर्धन र विकासका लागि कार्यक्रम व्यवस्था गरिनु पर्दछ । 
-    सरकारले औपचारिक रुपमा नै घोषण गरि साउन १५ लाई राष्ट्रिय कोदो दिवश मनाई प्रचार प्रसार र सचेतना फैलाउनु पर्छ ,
साउन १५ खिर खाने दिन हो । कोदोको खिर तर्फ आकर्षण बढाउन सकिन्छ ।  भने यस वर्ष २०८० साल श्रावण १५ गते महासंघ अनाज लगायत अन्तराष्ट्रिय कोदो वर्ष एफ ए ओ मण्डल देउपुर नगरपालिका केएर नेपाल र स्थानिय मीलन महिला कृषक समुहको संयुक्त आयोजनामा “कोदोको बहार दिगो, पौष्ट्रिक र स्वादीष्ट आहार” भन्ने नाराका साथ काभ्रेपलाञ्चोक जिल्ला मण्डन देउपुर नगरपालिका वडा नं ६ कालिका स्थानमा सम्पन्न गर्ने तयारी भई रहेको छ । 

हामी दिवश मनाउछौं मनाउनु पर्छ तर दिवश मनाउने कुरा रमाइलोको लागि होइन, कार्यक्रम गरियो भनि प्रतिवेदन लेख्नको लागि होइन । दिवश मनाउने भन्ने कुरा प्रचार प्रसार तथा जनचेतना विस्तरको एवं सचेतनाको लागि हो ।

दिवशले समग्र नागरीकको मन मस्तीष्क हुन सक्नु पर्दछ । उनीहरुको भावनालाई उज्जागर गर्न सक्नु पर्दछ । हामी दिवश मनाउँदै जाने तर कोदो वालीको लागि उत्पादनको वातावरण सृजनाको लागि सरोकार वालाहरुको प्राथमिकतामा नपर्ने हाम्रो संस्कृति र संस्कारले कु अन्नको रुपमा परिचित गराएको कोदो अन्य सिमान्त वालीहरु कहिल्यै सुअन्नमा परिणत नहुने अध्ययन अनुुसन्धान र प्रविधि विकास र विस्तार नहुने किसान एवं उत्पादक र उपभोक्ता तहमा सचेतजा कार्यक्रम नहुने प्रचार प्रसारका ध्यान नदिने उचित मुल्य र सहज बजारीकरण व्यवस्था नगर्ने खानपानमा सुधार ल्याउन पहल नगर्ने कोदो खेतीले गर्ने वातावरण सन्तुलनको महत्व उज्जागर नगर्ने आयातले आन्तरिक उत्पादन विस्थापन गराएको उपर कदम नचाल्ने हो भने दिवशको कुनै अर्थ हुने छैन । त्यसैले सवै मिति सिमान्तको पहिचान पाउन वाध्य भएको कोदो तथा कोदो जन्य चिने कागुनो जुनेलो लगायत अन्य छाँयामा परेका वालीहरुको प्रवर्धन विकास र विस्तारमा जुटौं । खानपानमा सुधार ल्याऔं दिगो पौष्टिक र स्वादिष्ट आहा र खाई खुसी र सुखी जीवन यापन गरौं । 


लेखक
नवराज बस्नेत पूर्व अध्यक्ष राष्ट्रिय कृषक समुह महासंघ नेपाल

१ महिना अगाडि

प्रतिक्रिया