विद्युत् प्राधिकरणको वार्षिकोत्सव : देशभरका कार्यालयहरूमार्फत वृक्षारोपण

मंगलबार, १५ साउन २०८१, १२ : २२

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले आफ्नो ३९औँ वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयहरूमार्फत मंगलबार वृक्षारोपण गरेको छ ।


प्राधिकरणका वितरण तथा ग्राहक सेवाअन्तर्गत प्रादेशिक तथा डिभिजन कार्यालयहरू, वितरण केन्द्ररउपकेन्द्र, प्रसारण सेवाअन्तर्गत ग्रिड कार्यालयहरू, सबस्टेसन कार्यालयहरू, उत्पादन सेवा अन्तर्गतका विद्युत् उत्पादन गृहमा कार्यरत कर्मचारीहरूले आफ्नो कार्यालय परिसर तथा अन्य उपयुक्त स्थानहरूमा वृक्षारोपण गरेका हुन् । कार्यालयहरूले आ–आफ्नो क्षेत्रको हावापानी र माटो अनुरूपका फलफूल तथा अन्य प्रजातिका बिरुवाहरू रोपेका छन् ।

ल्बदष् िदबलप
जलविद्युत, प्रसारण र वितरणतर्फका आयोजनाहरूको निर्माण गर्दा रुख काट्ने मात्र हैन रुख बिरुवाको संरक्षण पनि गरिन्छ भन्ने सन्देश दिन प्राधिकरणले गत वर्षबाट हरेक वर्ष साउन १५ गते देशभरका कार्यालयमार्फत वृक्षारोपण गर्ने कार्यक्रम घोषणा गरेको थियो ।

प्राधिकरणको प्रधान कार्यालय तथा वृक्षारोपण गर्ने स्थान नभएका काठमाडौँ उपत्यकाभित्रका कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले भक्तपुरको खरिपाटीस्थित तालिम व्यवस्थापन विभागको परिसरमा बिरुवा रोपेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष दीपक खड्काले  विभाग परिसरमा बिरुवा रोपी वृक्षारोपण कार्यको सुरुवात गरेका थिए । विद्युत् नियम आयोगका अध्यक्ष राम प्रसाद धिताल, विद्युत् विकास विभागका महानिर्देशक जिवछ मण्डल, प्राधिकरण सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य तथा रतन बहादुर ऐर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ  र कर्मचारीहरूबाट बिरुवा रोपिएको छ । अम्बा, आँप, सुन्तला, हलुवाबेद, बेलपत्र लगायतका विभिन्न प्रजातिका एक सयभन्दा बढी बिरुवा रोपिएका छन् ।

कार्यक्रममा मन्त्री खड्काले जलविद्युत आयोजना र प्रसारण लाइन निर्माण वन क्षेत्रमा प्रभाव पर्ने भएकाले यसको क्षतिका न्यूनीकरणका लागि वृक्षारोपण महत्त्वपूर्ण कार्यक्रम भएको बताए । सरकारले २८ हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य र आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि लक्ष्य तय गरिएको उल्लेख गर्दै मन्त्री खड्काले लक्ष्य पूरा गर्न जलविद्युत निर्माणमा हाल बेहोरिहरेका बाधा अवरोध हटाउन कानुन संशोधनलगायत कामहरू गर्न क्रियाशील रहने बताए ।  

कार्यकारी निर्देशक घिसिङले जलविद्युत र प्रसारण लाइन आयोजनाहरू निर्माण गर्दा स्वीकृति लिएर वन क्षेत्रका रुख कटाउन गरिने त्यसको क्षतिपूर्ति बापत र रुख काट्ने मात्र हैन रोप्छौँ भन्ने सन्देश दिन प्राधिकरण आफैँले पनि वृक्षारोपण सुरु गरेको बताए । घिसिङले नेपालका जलविद्युत आयोजनाहरूबाट उत्पादित स्वच्छ ऊर्जा देशभित्र खपत गरी अतिरिक्त भएको छिमेकी देशहरूमा निर्यात गर्न सफलता मिलिरहेको बताए ।  

मंगलबार, १५ साउन २०८१, १२ : २२

प्रतिक्रिया