बागमती किनारमा पुरुषको शव फेला

आइतबार, २० साउन २०८१, १२ : ११

काठमाडौँ - ललितपुर महानगरपालिका १ स्थित कुपण्डोलनजिकै बागमती किनारमा एक पुरुषको शव भेटिएको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार आज बिहान ८ बजे बागमती किनारमा अन्दाजी ४०\४२ वर्षका पुरुषको शव भेटिएको हो।शवको पहिचान हुन सकेको छैन । बाढीले बगाएर ल्याएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

आइतबार, २० साउन २०८१, १२ : ११

प्रतिक्रिया