गाँजासहित एक महिला पक्राउ

आइतबार, २० साउन २०८१, १४ : ०६

काठमाडौँ - बारामा साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छन् । 

पक्राउ पर्नेमा बर्दिया मधुवन नगरपालिका- ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठ रहेकी छन् । आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उप-महानगरपालिका- १ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा श्रेष्ठलाई उभिरहेको अवस्थामा फेला पारेको थियो ।

शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाई छ । श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

 

आइतबार, २० साउन २०८१, १४ : ०६

प्रतिक्रिया