काठमाडौँ - प्युठानमा दुई जनामा हैजा पुष्टि भएको छ ।
गौमुखी गाउँपालिकाका दुई जना बिरामीमा हैजा पुष्टि भएको जिल्ला अस्पताल प्युठानका निमित्त मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र पौडेलले जानकारी दिए । गौमुखीका १२ र ३५ वर्षका पुरुषमा हैजा भेटिएको हो । "तीन जना बिरामीको नमुना परीक्षणका लागि बुटवल पठाइएको थियो," पौडेलले भने, "दुई जनामा पोजेटिभ रिपोर्ट आएको छ।"
जिल्ला अस्पतालमा ६ जना झाडापखालाको बिरामीमध्ये तीन जना उपचार पछि घर फर्केका छन् । तीन जनाको हाल उपचार भइरहेको समेत उनले जानका
प्रतिक्रिया