काठमाडौँ - सामुदायिक बनको रूपमा दिगो वन व्यवस्थापनका लागि स्थानीय समुदायलाई वन हस्तान्तरण गर्न सुरुआत गरिएको दिनको स्मरण स्वरूप श्रावण २५ मा सामुदायिक वन दिवस मनाइँदै आएको छ।
सामुदायिक वन दिवसमा सामुदायिक बनका माध्यमबाट भए गरिएका उल्लेखनीय योगदानको परिचर्चा गर्ने, राम्रा कामहरूका स्मरण, मूल्याङ्कन तथा सम्मान गर्ने र सामुदायिक वनका चुनौतीहरूको समीक्षा गर्ने जस्ता कार्यहरू गरी विभिन्न कार्यक्रमहरू गरिँदै आएको छ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल सरकारी निकाय तथा वन उपभोक्ता समूहले "सामुदायिक बनको प्रभावकारीताक तिनै तहका सरकार र समूहको सहभागीताक" भन्ने नाराका साथ श्रावण २० देखी २६ गते सम्म सप्ताहव्यापी रूपमा सामुदायिक वन दिवस मनाउन लागेको छ ।
देशभर करिब २२७६० सामुदायिक वन उपभोक्ता समूहले ३१ लाखभन्दा बढी घरधुरीहरूको संलग्नतामा लगभग २३ लाख हेक्टर वन क्षेत्र सामुदायिक वनको रूपमा व्यवस्थापन गर्दै आएका छन् ।
प्रतिक्रिया