काठमाडौँ - हुम्लामा ढिस्कोले पुरिएर ४ जना घाइते भएका छन् ।
अदानचुली गाउँपालिका–२ छपालीस्थित सड्क खण्डमा ग्याबिन जाली भर्नको लागि खाल्डो खन्दामाथिबाट माटोको ढिस्को खसेर चार जना घाइते भएका हुन् । घाइते हुनेहरूमा अदानचुली–४ घर भएका ४४ वर्षीय घमण्डी थापा, ५५ वर्षीय धनसोभा बुढा, २६ वर्षीय संगे महतरा र २३ वर्षीय युवराज बुढा छन् ।
उनीहरूलाई शनिवार उद्धार गरेर उपचारको लागि स्वास्थ्य चौकी बाजुराको कोल्टीमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया