जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

सोमबार, २१ साउन २०८१, १३ : ०८

काठमाडौँ - जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी कलैया उपमहानगरपालिका- ६ मदरसाटोल बस्ने २७ वर्षीय ईम्तियाज अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत बाराबाट उक्त मुद्दामा ९ वर्ष ६ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई अस्थायी  प्रहरी पोष्‍ट बसपार्क कलैयाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेस गरिएको छ । 
 

सोमबार, २१ साउन २०८१, १३ : ०८

प्रतिक्रिया